
मंगलवार बिहान करीब सवा १० बजेबाट सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर खोज्न अर्को हेलिकप्टर पठाउने तयारी भएको छ ।
लुक्लानजिकै सुर्कीबाट १०:०५ मा उडेर १०:१० मा सम्पर्कविहीन बनेको 9N AMV कलसाइन हेलिकप्टर खोज्नका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
'कतै अवतरण गरेको पनि हुनसक्छ, तर १०:१० बजेयता सम्पर्क स्थापित हुन सकेको छैन । सर्चका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको छ,' तिवारीले लोकान्तरसँग भने ।
हेलिकप्टरमा चालक दलका एक नेपाली सदस्य (पाइलट) र ५ जना विदेशी यात्रु गरी ६ जना सवार रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले लोकान्तरलाई बताए ।