०३ असार २०८३, बुधबार

मकवानपुरबाट अवैध सुनसहित १ जना पक्राउ

असार २८, २०८०
मकवानपुर
मकवानपुरबाट अवैध सुनसहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

मकवानपुर प्रहरीले अवैध सुनसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट बिहीवार बिहान अवैध सुनसहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् ।

उनलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ४७ लाख ३६ हजार ७२९ बराबरको ४८९ ग्राम ३७ मिलीग्राम सुनसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार बिहान साढे ११ बजेको समयमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज ७४९० नम्बरको यात्रुबाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा सुमोमा सवार सोनारको साथबाट सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्