
काठमाडौं बुढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुढानिलकण्ठ नगरपालिका ९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी ३ घर भएका २३ वर्षीय सुजन श्रेष्ठको करेन्ट लागेर शुक्रवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुढानिलकण्ठ ९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।