१० साउन २०८३, आइतबार

पोखराका विभिन्न ठाउँमा वृक्षारोपण

असार ३०, २०८०
काठमाडौं
पोखराका विभिन्न ठाउँमा वृक्षारोपण

पोखराका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । पोर्चुगलमा बस्ने नविन तिम्सिनाले शनिवार पोखराका विभिन्न ठाउँमा वृक्षारोपण गरेका हुन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फ र कालिका बहुमुखी क्याम्पस प्राङगणलगायत ठाउँमा वृक्षारोपण गरिएको तिम्सिनाले जानकारी दिए । 

null

उनका अनुसार ती ठाउँमा हर्रो, अमला, पिपल र तेजपत्तालगायत स्थानीयलाई उपयोगी हुने बिरुवा रोपिएको छ ।

आफू हरेक पटक नेपाल आउँदा कुनै न कुनै सामाजिक काममा सरिक हुने गरेको उनले बताए ।

वृक्षारोपणमा तिम्सिनासँगै विवेक त्रिपाठीलगायतले समन्वय गरेका थिए ।


null

salt training

कमेन्ट गर्नुहोस्