११ असार २०८३, बिहीबार

नाबालिगलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

साउन २, २०८०
काठमाडौं
नाबालिगलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सप्तरीमा एक नाबालिगलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले ती किशोरीलाई डर धम्की देखाउँदै असार २९ गते जबरजस्ती करणी गरेको र ३१ गते उक्त घटनाबारे पीडितले आफ्ना अभिभावकलाई बताएकी थिइन् । 

१७ वर्षीया पीडित किशोरी र उनका अभिभावकले सोमवार इलाका प्रहरी कार्यालय कन्चनरुप सप्तरीमा लिखित जाहेरी दिएका थिए । त्यसपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्