
सरकारले ४५ हजार ५०० क्वीन्टल चामल खरिद गर्न प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबार चामल चरिदसम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ ।
जसअनुसार झापाको जयगुरु राईस मिल, सप्तरीको श्यामबाबा राइस एण्ड आयल मिलले जिम्मा पाएको हो । उनीहरुले विभिन्न किसिमको चालम कम्पनीको शाखा कार्यालयमा आपूर्ति गर्नेछन् ।