
उदयपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ गडमेका ३५ वर्षीय जीवन कार्की रहेका छन् । उनलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा बलात्कार गरेको उजुरीको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।