२६ असार २०८३, शुक्रबार

बेल्जियमको नेपाली समाजलाई एकताबद्ध गर्ने सीता सापकोटाको अठोट

साउन ४, २०८०
काठमाडौं
बेल्जियमको नेपाली समाजलाई एकताबद्ध गर्ने सीता सापकोटाको अठोट

गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा चितवन घर भएकी सीता सापकोटा विजयी भएकी छन् ।

व्यापारको शिलशिलामा दशकौंदेखि बेल्जियम बसोवास गर्दै आएकी सापकोटा संघको नवौं महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। 

सापकोटाले गत आइतवार लुभेनमा सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि अर्का प्रत्यासी तीर्थ धमलालाई पराजित गरेकी हुन् । जम्मा खसेको २०७६ मतमध्ये सापकोटाले १११२ मत प्राप्त गरिन् । धमलाले ९४८ मत पाए ।

'यो जीत मेरो भाइ तीर्थ धमलाको पनि  हो । एनआरएनएलाई यो उचाइसम्म ल्याउन तीर्थको धेरै ठूलो भूमिका छ,' मत परिणाम घोषणापश्चात उपस्थित सहभागीहरूको बीचमा उभिएर सापकोटाले भनिन्, 'आज हामी सबैले जितेका छौं । बेल्जियमवासी सम्पूर्ण नेपाली समुदायको जीत भएको छ।'

मत परिणाम घोषणा भएलगत्तै बधाई दिनेहरूको भीडमा उभिएर सापकोटाले आफूलाई अवीर र खादा लगाउन मन नलागेको बताएकी थिइन्। 

अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै  आफ्ना प्रतिद्वन्द्वी तीर्थ धमलालाई सँगै राखेर उनले भनेकी थिइन्, 'मलाई त चुनाव लड्न मन थिएन, सहमति गरौं भन्ने थियो, तर दुर्भाग्यवश त्यसो हुन सकेन, हामी चुनावमा जानुपर्‍यो । जे भए पनि हामी सबैले जितेका छौं, कसैले हारेको छैन।' 


अध्यक्षमा निर्वाचित भएपछि सापकोटाले निर्वाचन लोकतन्त्रको एउटा प्रक्रिया मात्रै भएको र नेपाली समुदायलाई एकताबद्ध गराउन कुनै तिक्तता बाँकी नरहने पनि बताइन् । आफू एनआरएनको अध्यक्ष मात्रै नभई  बेल्जियमको नेपाली समुदायको हरेक सुखदु:खको साथी भएको उनको भनाइ छ। 

बेल्जियममा रहेको लोकप्रिय संस्था चितवन क्याट जन्माउन अग्रणी भूमिका खेलेकी सीता राजनीतिक पृष्ठभूमिका आधारमा नेपाली कांग्रेससँग निकट छिन् । तर, बेल्जियममा उनलाई सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तिको रूपमा हेरिने गरेको छ।

एकपटकको नेपाली सधैंभरीको नेपाली भन्ने मुद्दालाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने योजना बनाएकी सीता युवा पुस्ताबीच निकै लोकप्रिय छिन्। सापकोटाको कार्यकाललाई निकै महत्त्वका साथ हेरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्