२१ असार २०८३, आइतबार

गगन थापालाई प्रश्न - संसदीय दलको नेता फेर्ने कुरा जनताको बीचमा गएर बोल्ने हो ?

साउन ५, २०८०
काठमाडौं
गगन थापालाई प्रश्न - संसदीय दलको नेता फेर्ने कुरा जनताको बीचमा गएर बोल्ने हो ?

पार्टीको नेतृत्व परिवर्तन र संसदीय दलको नेता फेर्ने कुरा गरेको भन्दै कांग्रेस बैठकमा महामन्त्री गगन थापाको आलोचना भएको छ ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा शुक्रवार केन्द्रीय सदस्य अजयकुमार चौरसियाले नेताले मिडियामा के बोल्ने र के बोल्न नहुने भन्ने विषयमा आचारसंहिता बनाउनु पर्ने बताए । 

‘अनुशासनको सवालमा पार्टीले दह्रो निर्णय गर्नुपर्‍यो, के कुरा मिडियामा बोल्ने ? के संसदीय दलमा बोल्ने भनेर’ चौरसियाले भने, ‘महाधिवेशन भएको डेढ साल भएको छैन, संसदीय दलको चुनाव भएको ७ महिना भएको छैन । नेता परिवर्तन गर्ने कुरा आएको छ । यो जनताको बीचमा गएर बोल्ने कुरा हो ?’

परिस्थिति निर्माण हुँदै जाँदा नेतृत्व परिवर्तनको विषय आफै बन्ने भन्दै जनताको बीचमा गएर बोल्न नमिल्ने बताए । यसअघि कांग्रेस महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि महाधिवेशन कुर्न नसक्ने बताएका थिए ।

बुधवारको बैठकमा पनि केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले नेतृत्व परिवर्तनको कुरा गर्ने महामन्त्रीको बारे आफूहरूले पनि मूल्यांकन गरिरहेको बताएकी थिइन् । कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्