
काठमाडौं, २८ भदौ ( नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको छ ्र आफ्ना ग्राहकहरूका लागि सधैँ नयाँ र रोमाञ्चक योजनाहरु ल्याउने क्रममा बजाजले २०७४ को दसैँ तिहारका लागि ‘‘ ६ नि शान’ ’ योजना प्रस्तूत गरेको छ । यो योजना भाद्र ४, २०७४ (अगस्ट २०, २०१७) देखि सुरु भएको छ ।
यो रोमाञ्चक योजनाका दुई मुख्य अर्थहरु रहेका छन् । पहिलो अर्थ ‘६ वटा लक्ष्यहरु’ छन् र अर्को अर्थ ‘गौरव गर्नु’ अर्थात् बजाजको शानसंग आफू आबद्ध हुनु हो । जसले बजाज बाईक चढ्छ वा किन्छ त्यसले निकै गौरबको महसुश गर्दछ र यो उत्सव भनेको बजाज बाईक खरिद गर्ने उत्सव हो ।
यो योजनाको अवधिभर, खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपनको आधारमा ग्राहकहरुले रु. ६,०००÷– रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।
योजनाका बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, “एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध छ । यसका साथै हामी हाम्रा ग्राहकहरुका सबै खुसीमा साथ दिन चाहन्छौँ र यसका लागि दसैँ तिहार भन्दा राम्रो उत्सव के हुन सक्छ र हामीलाई विश्वास छ कि हाम्रा ग्राहकहरुले यो योजना निकै मन पराउने छन् र योजनाबाट लाभान्वित पनि हुनेछन् ।”