
प्युठानमा ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ऐरावती गाउँपालिका ५ झिवाङ बस्ने ३० वर्षीय अर्विन थापा रहेका छन् । उनलाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो ।
थापाले ती महिलालाई ऐरावती गाउँपालिका २ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।