×

NMB BANK
NIC ASIA

सामुदायिक वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी

कैलाली | साउन ७, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फँडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फँडानी भएको आरोप स्थानीयवासीले लगाएका छन् ।

Muktinath Bank

फँडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई स्थानीयले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । यी दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको डिभिजनल वन कार्यालय कैलालीका सूचना अधिकारी डबलबहादुर बोहराले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“रातोपानी सामुदायिक वन क्षेत्रबाट तीन सय क्युफिट सालको काठ बरामद गरिएको छ, १६ रुख काटिएको फेला परेको छ”, उनले भने, “वनका कर्मचारीको समेत वन फँडानीमा मिलेमतो भएको कुरा चलेपछि डिभिजनल वन अधिकृत भीमप्रसाद ढकालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।”


Advertisment
Nabil box
Kumari

काठ तस्करी गर्नेले सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर सःमिललाई काठ बेच्ने गरिएको स्थानीयको भनाइ छ । चुरे पहाडी क्षेत्रसँग जोडिएको यो सामुदायिक वन चुरेको महत्त्वपूर्ण भावर हो । यो वनमा भइरहेको फँडानी र तस्करी रोक्न स्थानीयले पटक–पटक वन कार्यालयसँग आग्रह गर्दा पनि चासो नराखिएपछि फँडानीमा संलग्न हुनेलाई उपभोक्ताले स्वयं पक्राउ गरी वन कार्यालयको जिम्मा लगाएका हुन् । 

Vianet communication
Laxmi Bank

वन फँडानीसँगै तस्करले बँदेल, चित्तललगायतका वन्यजन्तुको सिकारसमेत गर्ने गरेको स्थानीयको भनाइ छ । सामुदायिक वनका अध्यक्षको प्रत्यक्ष संलग्नतामा वन फँडानी भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले उनको राजीनामा समेत माग गरेका छन् । 

वनका अध्यक्ष विकले वन फँडानीको विरोध गर्दै आएका भनिएका समितिका सदस्य केशवराज जोशी र पदमराज जोशीलाई पदबाट हटाएर करन विक र ललिता ओडलाई सदस्य नियुक्त गरेको बताइएको छ । कैलाली जिल्लामा विगतदेखि नै सुकुम्बासी, मुक्तकमैया, बाढीपीडितका नाममा वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरेको बताइएको छ । 

“खासगरी जिल्लाका मुख्य सडक र सहायक सडक आसपासको वन क्षेत्र अतिक्रमण गर्ने प्रवृत्ति छ”, सूचना अधिकारी बोहराले भने, “कतिय ठाउँमा वन उपभोक्ता समितिका पदाधिकारी स्वयं अतिक्रमणमा लाग्दा अतिक्रमण रोकथाम गर्न समस्या भइरहेको छ ।”

सामुदायिक वनको अवधारणा कार्यान्वयनमा आएसँगै विगतमा फँडानीले उजाड बनेका धेरैजसो वन  क्षेत्र भने उपभोक्ता आफैँ संरक्षणमा अग्रसर हुँदा हराभरा भएका पनि छन् । तर कतिपय वनमा सम्बन्धित उपभोक्ता जागरुक नहुँदा वन संरक्षण हुन नसकिरहेको बताइएको छ ।

डिभिजनल वन कार्यालयले गोदावरी नगरपालिकाको पूर्वपश्चिम सडक छेउको वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाई वन क्षेत्रको संरक्षण गरेको छ । यस्तै चुरे गाउँपालिका–४ को दुई ठाउँमा भएको अतिक्रमणा पनि हटाएको छ । गएको एक वर्षमा जिल्लाभरिमा एक सय १५ हेक्टर वन क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

आगामी दिनमा जैविक विविधताका दृष्टिमा जिल्लामा महत्त्वपूर्ण मानिने वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गमा भइरहेको अतिक्रमण हटाउने योजना डिभिजनल वन कार्यालयको छ । कैलारी गाउँपालिकाको वडा नं ५ र ७ को वसन्ता वन क्षेत्रमा अतिक्रमण भइरहेको बताइएको छ ।

यस्तै गोदावरी नगरपालिकाको भ्यागुतेपानी, खाँनीडाँडालगायतका क्षेत्रमा भएको अतिक्रमण हटाउने योजना कार्यालयको छ । एक तथ्याङ्कका अनुसार जिल्लामा कुल क्षेत्रफलको झन्डै ६३ प्रतिशत भू–भागमा वन क्षेत्र रहेको छ । योमध्ये झन्डै २१ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा रहेको जनाइएको छ । जिल्लाभरि तीन सय २९ सामुदायिक वन छन् ।

यसै बीच प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री रमेशसिंह धामीको नेतृत्वको टोलीले फँडानी भएको रातोपानी सामुदायिक वन क्षेत्रको स्थलगत अनुगमन निरीक्षण गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x