
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामिण सडक सञ्जाल सुधार आयोजना, कार्यान्वयन इकाई झापाका व्यवस्थापक (सीडीई) हुतराज चौहानसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर गरेको छ ।
आयोगले आइतवार विशेष अदालत काठमाडौंमा सीडीई चौहानसहित, इन्जिनियर धर्मेन्द्रकुमार झा, इन्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेलविरुद्ध भ्रष्टाचार दायर गरेको हो ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस मागको सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले सीडीई चौहान, इन्जिनियर शर्मा र लेखापाल पौडेललाई सेवाग्राहीबाट लिएको ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
आयोगले उनीहरू चारै जनाविरुद्ध ४ लाख रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गर्न माग गरेको छ ।