
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उच्च तहका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने दोहोर्याएका छन् । सरकारका कानून,न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका उनले मंगलवार काठमाडौंमा आयोजित इतरसमूहको भेलालाई सम्बोधन गर्दै उच्च तहका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने दोहोर्याएका हुन् ।
उनले लामो समयदेखि उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताउँदै आएका छन् ।
त्यसका लागि सम्पत्ति छानबिन आयोग बनाउनु पर्ने बताए। 'उच्च तहका नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने मात्रै सुशासन कायम हुन्छ । हामीले पहिले भन्नुपर्छ, हाम्रो सम्पत्ति छानबिन गर्, मेरो सम्पत्ति छानबिन गर्,' उनले भने, '
सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्छ । गरेरै छाडिन्छ ।'
कांग्रेस रूपान्तरण अनुहारबाट नभई नीति र सिद्धान्तमा हुनुपर्ने बताए ।