२६ असार २०८३, शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, २ लाख ४ हजार रुपैयाँ बरामद

साउन १३, २०८०
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, २ लाख ४ हजार रुपैयाँ बरामद
फाइल फोटो

काठमाडौंको कुमारीथानबाट ६ जना जुवाडे पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका १६ कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा झापा कनकाई नगरपालिका २ घर भएकी ३५ वर्षीया पद्‌मा मगरसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रवार राति पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ लाख ४ हजार ७ सय १५ रूपैयाँ नगद र १ बुक तास बरामद गरेको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्