२७ जेठ २०८३, बुधबार

भियतनामसम्म फैलिएको थियो हिन्दू धर्म, अझै पाइन्छन् अवशेष (भिडियो सहित)

कात्तिक २०, २०७४
भियतनामसम्म फैलिएको थियो हिन्दू धर्म, अझै पाइन्छन् अवशेष (भिडियो सहित)
काठमाडौं, २६ पुस — भियतनाममा चौथो र १३औं शताब्दीका बीच हिन्दू धर्म फैलिएर अद्वितीय संस्कृतिको निर्माण भएको थियो । त्यहाँको क्वाङ नाम प्रान्तमा रहेको डुई सुएन जिल्लामा मी सन नामक हिन्दू मन्दिर रहेको छ ।
मी सन मन्दिर चम्पा राज्यको धार्मिक तथा राजनीतिक राजधानी थियो । तेह्रौं शताब्दीसम्म पनि भियतनाममा यो राज्यको दबदबा थियो ।


पवित्र थु बोन नदी तथा पर्वतहरूको मालाले घेरिएको मी सन राज्यमा चम्पाका राजाहरूको वंशले शासन गर्थे । इन्डोनेसियाबाट आएका चम राजा तथा राष्ट्रिय नायकहरूले यहाँ धार्मिक कार्य गर्थे अनि उनीहरूको मृत्यु संस्कार पनि यहाँ हुने गर्थ्यो ।

चम कला तथा संस्कृति हजार वर्षसम्म अविच्छिन्न चल्यो ।

शुरुमा त यो मन्दिरमा ७० वटा संरचना थिए तर अहिले २५ वटा मात्र बाँकी छन् ।

चम भाषा दक्षिण भारतीय ब्राह्मी लिपीकै सन्तान हो ।

चम्पामा रहेका धेरै हिन्दू मन्दिरहरूमा संस्कृत र चम भाषाका शिलालेख पाइन्छन् ।

चम मन्दिरहरू एउटै नमुना अपनाउने समूहमा बनाइएका हुन्छन् । प्रत्येक समूहमा गर्भगृह (कलन), त्यसलाई घेरेका मीनार अनि अन्य स्मारकहरू हुन्छन् । कलन मेरुपर्वतको प्रतीक हो । ब्रह्माण्डको केन्द्र र देवताहरूको निवासस्थानका रूपमा मानिन्छ मेरुपर्वतलाई । यसका अधिपति भगवान् शिव हुनुहुन्छ ।

चम मन्दिरहरूमा झ्याल हुँदैन त्यसैले ती अत्यन्त अँध्यारा हुन्छन् । मीनारमा मात्र झ्याल हुन्छन् । यी मन्दिरको स्थापत्यकला भारतवर्षीय कलाबाट प्रभावित छ ।


भियतनाममा कृष्ण र विष्णुका मन्दिर छन् तर शिवजीका मन्दिर धेरै छन् ।

तेह्रौं शताब्दीपछि चाहिँ चम्पा राजधानी बिस्तारै पतन हुँदै गयो र भियतनामले नै बिस्तारै यसलाई अधीनमा पा–यो ।

पछि १५औं शताब्दीमा मी सन मन्दिर प्रयोगविहीन भयो र सबैले बिर्सिए । उन्नाईसौं शताब्दीको अन्त्यतिर फ्रान्सेली अन्वेषक एमसी पेरिसले मी सन पुनः खोज गरे ।

अमेरिकाले भियतनाममा युद्धका क्रममा बमबारी गर्दा मी सनको मेन टावर ध्वस्त भयो । तर अहिले यसलाई पुनरुद्धार गर्ने र जगेर्ना गर्ने काम भइरहेको छ ।

हेरौं भिडियो :





एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्