×

NMB BANK
NIC ASIA

महोत्तरीमा मध्य साउनमै खानेपानीको हाहाकार, धमाधम सुक्दै पानीका स्रोत

महोत्तरी | साउन १५, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोत धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो । 

Muktinath Bank

'हाम्रो बस्तीका सबै चापाकल सुके, पानी आउने एउटै बाँकी छैनन्,' भङ्गाहा-४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने, 'अब तीन/चार वटा इनारमा सबैको त्राण अडिएको छ, तीन सयभन्दा बढी घरधुरीको बस्तीमा तीन/चार वटा इनारले धान्नै मुस्किल छ ।' बस्तीमा निजी र सार्वजनिक तवरमा जडान भएका एक सय ५० भन्दा बढी चापाकल सुकिसकेको ठाकुरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्तीका इनार पनि धेरैजसो सुकेका छन् । तीन/चार वटा इनारमा पानी तान्न जोडिएका मोटरपाइपका लठ्ठाले अब इनार नै नदेखिने भएको बस्तीकै सामाजिक कार्यकर्ता गङ्गाराम महतो बताउँछन् । 'सबै चापाकलमा पानी सुकिसकेका छन्, केही इनारमात्रै बाँकी छन्,' ६० वर्षीय महतो भन्छन्, 'मध्य साउनमा खानेपानीकै हाहाकार परेको यसपालि भोग्दैछौँ ।'


Advertisment
Nabil box
Kumari

इनारमा मोटर लगाएर पाइपबाट पानी प्रबन्ध गर्न सबैको आर्थिक हैसियत नहुँदा बस्तीका अति विपन्न परिवार बढी अप्ठ्यारोमा परेका छन् ।  

Vianet communication
Laxmi Bank

जिल्लाका उत्तरवर्ती क्षेत्रका भङ्गाहा, गौशाला र  बर्दिबास  नगरपालिकाका करिब एक सय २० टोलबस्तीमध्ये इनार र चापाकल खानेपानीका स्रोत रहेका ठाउँमा अहिले पानीको सङ्कट बढेको छ । इनार र चापाकल सुक्दै गएपछि ठाउँठाउँमा बोरिङ जडान गरेर मोटर पम्पबाट पानी वितरणको प्रबन्ध थालिएका छन् ।

'बस्तीका चापाकल र इनार सुक्दै गएपछि अहिले भर्खरै बोरिङ जडान थालेका छौँ,' भङ्गाहा-४ का वडाध्यक्ष गणेश महतो भन्छन्, 'रामनगर विद्यालय परिसरमा बोरिङ जडान सफल भयो, अब त्यसबाट वरिपरिका सय घर परिवारले पानी पाउन थालेका छन् ।' विद्यालयका छात्रछात्रासँगै बस्तीका अति विपन्न परिवारलाई पहिलो प्राथमिकतामा पानी भण्डारण र वितरण व्यवस्थापन मिलाइएको महतोको भनाइ छ । पछिल्लो अवस्थामा चापाकल र इनारभन्दा बोरिङ बढी टिकाउ र भरपर्दो पाइएको महतो बताउँछन्।

विगतमा वैशाख/जेठमा कुनै–कुनै वर्ष केही दिन इनार, चापाकल सुकेको अनुभव भए पनि साउनमा खानेपानीको हाहाकार भने जीवनमै पहिलो पटक भोग्नुपरेको बर्दिवास, गौशाला र भङ्गाहाका पाका व्यक्ति बताउँछन् । 'विगतमा साउनमा खानेपानी नपाइएको थिएन,' गौशाला-११ लक्ष्मीनियाँकी ७० वर्षीया जिवछीदेवी महरा भन्छिन्, 'बरु, असार लाग्दै सुकेका चापाकल र इनारमा पानी चल्न थाल्थ्यो । यसपालि नयाँ अनुभव सँगालिएको महराको भनाइ छ ।

'हेर्नोस् न, इनारको पानी सुक्दै गएर पानी तान्न झारिएको डोल (बाल्टिन) डुब्न छाड्यो,' बर्दिबास–९ पशुपतिनगरको झ्याकुलेटोलका राजकिशोर महतोले घर अगाडिको इनार देखाउँदै भने, 'यो साउनमा त इनार सुकेको थाहा थिएन ।'

करिब चार हजार जनसङ्ख्या रहेको पशुपतिनगरका सात/आठ टोल बस्तीमा गरी एक सयभन्दा बढी सङ्ख्यामा इनार छन् । सबैजसो इनारमा अहिले पानी जमौट (इनारको सबभन्दा तलको बन्धन, जहाँबाट इनार ठड्याउँदै लगिन्छ) को घेरामा पुगेको सो बस्तीकै महेन्द्र महतो बताउँछन् । 

सामान्यतया प्रत्येक वर्ष वैशाख/जेठमा यहाँका इनारमा पानीको सतह गहिरिदै जाने भए पनि यसपालि भने चैतदेखि नै यो समस्या बढेको हो । यसपालि हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह चैतमै गहिरिएको पशुपतिनगर गोमस्ताटोलका उत्तमबहादुर रानाको भनाइ छ । पहिलेपहिले असार लागेपछि बर्खा सुरु हुने र सुकेका इनार फेरि चल्ने बेहोर्दै आएका आफूहरूलाई यसपालि भने मध्य साउनमा यो खेप्नुपरेको उनी बताउँछन् ।

बस्तीका धेरैजसो इनारमा पानीको सतह जमौटमै पुगिसकेका हुँदा यहाँ मोटरबाट पानी तान्न ओछ्याइएका पाइपको काम सकिएको छ । 'इनारमा पानी भए पो मोटर चलाउनु ?,' पशुपतिनगर टोकीटोलका रामचन्द्र थापा मगर भन्छन्, 'अब यो साउनमा नचलेको मोटर कहिले चल्ला ?' 

पानी नपरेर इनारहरू धमाधम सुक्दै गएपछि बालीनाली सुक्न थालेका छन् । तरकारी खेती मुख्यबाली लगाइने यहाँ लहरे तरकारीका बोट पानी नपाएर सुक्दै गएका छन् । अहिले लटरम्म फल्नुपर्ने लौका, फर्सी, करेला, घिरौला र झिमनीका लहरा चर्को घामको रापले सुकेपछि किसानलाई खानेपानीसँगै अबको गुजाराको चिन्ताले पनि पिरोल्न थालेको छ ।

पछिल्ला दिनमा खानेपानीको सङ्कट टार्न बोरिङबाट मोटरले पानी तानेर ट्याङ्कीमा भण्डारण गरी घरघरै धाराबाट पानी दिने व्यवस्थाले केही राहत भएको सर्वसाधारण बताउँछन् । 'खानसम्म त अब राहत भयो, तर खेतीपाती त उक्सने छाँट छैन,' पशुपतिनगर झ्याकुलेटोलका छठु महतो भन्छन् । 

धाराको पानीले  खान जेनतेन भए पनि सिँचाइका लागि त इनार नै सखार्नु पर्ने झ्याकुलेटोलकै जलेश्वरीदेवी महतोको भनाइ छ । 'कुलो नहरको कुनै विकल्प नभएको हाम्रो ठाउँमा खानेपानी र सिँचाइका लागि इनार सखार्नु (मर्मत सुधार, इनार अझै गहिर्‍याउनु) र नयाँ इनार बनाउनु नै राम्रो हुने देखिन्छ,' उनले भनिन् । 

धारा जडान गरेर खानेपानीको प्रबन्ध गरिएपछि अब सिँचाइ प्रयोजनका लागि इनार सखार्ने काममा लागिने बर्दिबास-९ पशुपतिनगरका वडाअध्यक्ष घुरन महतोले योजना सुनाए । पानीको अभाव हुन थालेपछि बस्तीहरूमा इनार सखार्ने, बोरिङबाट पानी तानेर टङ्कीमा भण्डारण गरेर धाराबाट पानी दिने विकल्पका कुरा गरिए पनि यी स्थायी समाधान नभएका चुरे तथा वातावरण विज्ञको धारणा छ । 

पछिल्ला वर्षहरूमा प्राकृतिक सम्पदाहरू (पाहाडी थुम्का, नदी किनार, नदीउकास र वनक्षेत्र) को अनियन्त्रित दोहन बढेसँगै सन्तुलित वर्षा हुन छाडेको हुँदा पानीका स्रोतका मूहान गहिरिँदै गएका वातावरण तथा चुरे जलाधार क्षेत्रका काममा लामो अनुभव सँगालेका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादव बताउँछन् ।

प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन बढेसँगै वातावरणीय सन्तुलन खलबलिएको छ । यसले गर्दा अल्पवृष्टि, अनावृष्टिसँगै बाढीपहिराका समस्या बढ्दैछन् । चुरे क्षेत्रका खोल्साखोल्सीको व्यवस्थापन हुन नसक्दा त्यहाँबाट बाढीसँगै झर्ने गेगर्‍यान नदीमा थुपरिने गर्दा कतिपय बस्ती नदी सतहभन्दा होचिएर डुबानमा र शिरानका बस्ती कटानको जोखिममा पर्ने गरेका यादव बताउँछन् । यसैगरी यसको प्रतिकूल प्रभाव जलाधारक्षेत्रमा पर्दा यस्ता क्षेत्र सुखा बगरमा परिणत हुँदैछन् ।

'अब यो समस्याको स्थायी समाधानका लागि प्राकृतिक सम्पदाको सन्तुलित उपयोग, सघन वृक्षारोपण, खोल्साखोल्सी व्यवस्थापन गरेर गेगर्‍यान नदीमा नझर्ने व्यवस्था र ठाउँठाउँमा पानी पुनःभरणका लागि पोखरी निर्माणमा लाग्नुपर्छ,' यादवले भने । पूर्वपश्चिम राजमार्ग माथि (उत्तर) को चुरे पहाडी क्षेत्रमा खनिने पोखरीले तलसम्मकै जमिनको सतहमा पानी रसाउँदै गएपछि इनार, बोरिङ सुक्ने समस्या घट्दै जाने यादवको भनाइ छ ।

यस कार्यमा पूर्वपश्चिम राजमार्ग ओरपरका स्थानीय तहले संयुक्त रुपमै पहलकदमी बढाए यो बढी प्रभावकारी हुने यादवले बताए । 'हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा चुरे क्षेत्रका खोल्सी व्यवस्थापन थालेका छौँ, धनुषाको मिथिला  र महोत्तरीको बर्दिवास र गौशाला नगरक्षेत्रमा पानी पुनःभरणका एक सय ८८ पोखरी खनिएका छन्,' यादव भन्छन्, 'यो प्रयत्न व्यापक बढाउन स्थानीय तहको सहभागिता आवश्यक छ ।'

चुरेका खोल्साखोल्सीको प्रभाव भारतीय सीमावर्ती क्षेत्रसम्म पर्ने हुँदा ती भेगका स्थानीय तहले पनि ‘पाहाड र खोल्साखोल्सी त हाम्रो भूगोलमा छैनन्’ भनेर बेवास्ता गर्ने अवस्था नरहेको अर्का चुरे तथा जलाधारविज्ञ डा. विजयकुमार सिंह बताउँछन् । खोल्सी व्यवस्थापन र पानी पुनःभरणका पोखरी बनाउन महोत्तरीका मात्र नभएर कमला पश्चिम र वागमती पूर्वका धनुषा र सर्लाहीका स्थानीय तहहरूले यस दिशामा तत्काल पहलकदमी बढाउन पर्ने सिंहको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x