२१ जेठ २०८३, बिहीबार

प्रदर्शनकारीको ढुंगा प्रहारबाट टेकु प्रहरी परिसरको बोर्डमा क्षति

साउन १७, २०८०
काठमाडौं
प्रदर्शनकारीको ढुंगा प्रहारबाट टेकु प्रहरी परिसरको बोर्डमा क्षति

अधिवक्ता भगवती पाण्डेलाई पक्राउको माग गर्दै तामाङ समुदायले जिल्ला प्रहरी परिसर टेकु पुगेमा प्रदर्शन गरेका छन् । प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा उनीहरूले परिसरको बोर्डमा ढुंगा प्रहार गरेका थिए । उनीहरूले प्रहार गरेको ढुंगा प्रहारबाट परिसरको बोर्डमा क्षति पुगेको छ ।

परिसर घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महिलाहरू पनि छन् ।

अधिवक्ता पाण्डेले एक टीभी कार्यक्रममा अन्तर्वार्ताको क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको त्यो अभिव्यक्तिविरुद्ध उनीहरू प्रदर्शन गर्दै टेकु पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्