×

NMB BANK
NIC ASIA

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा १८ करोडको भन्सारजन्य सामग्री बरामद

काठमाडाैं | साउन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा रु १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी रु १८ करोड १० लाख १५ हजार सात सय ३१ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दीपक रेग्मीले बताए । 

Muktinath Bank

बागमती प्रदेशभरिमा सबैभन्दा बढी चितवनबाट रु एक करोड २६ लाख नौ सय ६० बराबरको सात सय ४६ ग्राम सुन, तीन सय ८१ क्युफिट अवैध काठबाट रु १३ लाख ४१ हजार चार सय ७१ र अवैध अन्य सामग्रीबाट करिब रु पाँच करोड ४४ लाख २२ हजार तीन सय ८३ गरी रु छ करोड ८३ लाख ६४ हजार आठ सय १५ बराबरको भन्सारजन्य सामग्री बरामद भएको र १९ जना पक्राउ भएको रेग्मीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै मकवानपुरबाट गत आवमा रु एक करोड १७ लाख ८५ हजार दुई सय ४४ बराबरको सात सय ८४ ग्राम सुनसँगै रु तीन करोड ९८ लाख ८४ हजार दुई सय ७९ बराबरको अन्य अवैध सामग्री र रु तीन लाख ४७ हजार दुई सय ३० बराबरको एक सय पाँच क्युफिट काठ बरामद गरी जम्मा रु पाँच करोड ३८ लाख १५ हजार दुई सय ५४ बराबरको भन्सारजन्य सामग्री बरामदसँगै दश जनालाई पक्राउ गर्न सफल भएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै सिन्धुलीबाट रु एक करोड ५७ हजार छ सय नौसहित छ जनालाई पक्राउ गर्न सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै काभ्रे जिल्लाबाट अवैध सामग्रीबाट रु ९३ लाख ९३ हजार नौ सय ४६ र ३० क्युफिट काठ बरामदमार्फत रु ५७ हजार पाँच सय गरी रु ९४ लाख ५१ हजार चार सय चार बराबरको भन्सारजन्य सामग्री बरामदसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै सिन्धुपाल्चोकबाट एक सय ७३ क्युफिट काठ बरामदबाट रु दुई लाख ७९ हजार दुई सय ७५ बराबरको भन्सारजन्य सामग्री बरामदसहित १३ जना पक्राउ परेका छन् भने नुवाकोटबाट तीन सय ८४ क्युफिट काठ बरामदबाट रु चार लाख ६२ हजार ५० बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ । यस्तै धादिङबाट अवैध सामग्री बरामदबाट रु दुई करोड २१ लाख सात हजार आठ सय ५८ र चार सय २९ क्युफिट काठ बरामदबाट रु तीन लाख ९८ हजार गरी रु दुई करोड २५ लाख पाँच हजार आठ सय ५८ बराबरको भन्सारजन्य सामग्री बरामदसहित नौ जना पक्राउ गरिएको छ । 

उता रसुवाबाट दुई सय ६० ग्राम चाँदी बरामदबाट रु छ लाख १८ हजार नौ सय दुई, अन्य अवैध सामग्री बरामदबाट रु एक करोड ४९ लाख ४१ हजार दुई सय ३० रूपैयाँ गरी रु एक करोड ५५ लाख ६० हजार एक सय ३२ बराबरको सामग्री बरामदसहित छ जनालाई पक्राउ गरिएको रेग्मीले बताउनुभयो । गत आवमा रामेछाप र दोलखामा भन्सार छली गरी ल्याइएका सामानहरू कुनै पनि पक्राउ नभएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x