
संवैधानिक परिषद्ले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाएको छ ।
परिषद्ले सुनुवाइ प्रव्रिmयाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो । परिषद्को पत्राचार अनुसार समितिले प्रारम्भिक बैठक मङ्गलबार बोलाउने तयारी गरेको छ । उक्त बैठकबाट प्रव्रिmया थालनी गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने तयारी रहेको गोरखापत्रमा खबर छ ।