२४ जेठ २०८३, आइतबार

सय किलो सुन प्रकरण : सीआईबीका एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान

साउन २२, २०८०
काठमाडौं
सय किलो सुन प्रकरण : सीआईबीका एसपी सञ्जय थापाको नेतृत्वमा अनुसन्धान

करिब सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले लोकान्तरलाई जानकारी दिए । 

आइतवार राजस्व अनुसन्धान विभागले सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो । ‘१०० किलो सुन प्रकरणको नेतृत्व अर्थात् अनुसन्धान अधिकृतको रूपमा सीआईबीका एसपी सञ्जय थापाले गर्नुभएको छ,’ प्रवक्ता कडायतले भने ।

सीआईबीले राजस्व अनुसन्धान विभागको अनुसन्धानलाई समेत आधार मानेर थप अनुसन्धान गर्ने भएको छ । विभागले अहिलेसम्म गरेको अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा नयाँ तथ्य खोजी गर्न लागिएको प्रहरीले जनाएको छ ।

सुनप्रकरणमा अहिलेसम्म ट्याक्सी चालकदेखि कुख्यात भनिएका बेल्जियम नागरिक दावा छिरिङ समेत १८ जनालाई पक्राउ परेका छन् । क्यान्सरबाट पीडित रुक्मिना सुब्बालाई आवश्यक पर्दा हाजिर हुने गरी परिवारको जमानीमा छाडिए पनि थप १७ आरोपित हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्