
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
रोल्पाबाट दाङ घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलवार त्रिवेणी गाउँपालिका ७ मा तिला बजार नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृत्यु हुनेमा एक महिला र ३ जना पुरुष रहेका छन् । उनीहरूकाे सनाखत हुन सकेकाे छैन ।
दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रेउघास्थित स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार बस सडकबाट करिब १५० मिटर तल खसेको थियो ।