२८ असार २०८३, आइतबार

बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

साउन २५, २०८०
बाग्लुङ
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद
प्रतिकात्मक तस्वीर

बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ ।

बुधवार हटिया प्रहरी चौकीको टोलीले ५ थान तथा नरेठाँटी प्रहरी चौकीको टोली १ थान भरुवा बन्दुक बरामद गरेको हो । 

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा १ थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्