३० असार २०८३, मंगलबार

गीतकार योञ्जनको गीति संग्रह ‘आमा मेरी आमा’ विमोचन

साउन २५, २०८०
काठमाडौं
गीतकार योञ्जनको गीति संग्रह ‘आमा मेरी आमा’ विमोचन

गीतकार तथा साहित्यकार दिलीप योञ्जन तामा«द्वारा रचना गरिएका गीतहरूको नयाँ गीति संग्रह ‘आमा मेरी आमा’ विमोचन गरिएको छ ।

बुधवार आयोजिक एक सांगीतिक समारोहाम गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु, शुभ मुकारुङ, विश्व वल्लभ, गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायतले संग्रह विमोचन गरेका हुन् ।

संग्रहमा गीतकार योञ्जनले आफ्नी स्वर्गीय माता पासाङ डोल्मी तामाङप्रति समर्पित भएर रचना गरेका ७ वटा गीतहरू समावेश छन् । संग्रहका गीतमा मातृ स्नेह, जीवन भोगाइ, अध्यात्म दर्शन तथा जागरण भावलाई समेटिएको छ ।

साहित्यकार डा. रेनुका सोलुले विमोचित एल्बमको समीक्षा गर्दै गीतकार योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदान अमूल्य रहेको बताइन् । सोलुले आमालाई श्रद्धाञ्जलि स्वरूप समर्पण गरिएको गीतमा मातृभूमि र आमाको कर्मबाट आफू सफल भएको कुरालाई गीतमा समेटिएको बताइन् ।

गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्‍याएको योगदानलाई आमनागरिकले भुल्न नहुने बताए ।

एल्बममा गीतमा राजेश थापा र डिबी लामाको संगीत छ भने सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ, शुभ तामाङ, सुनिता लो, सुमिना लो तथा अन्जु लामाको स्वर रहेका छन् ।

कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैंमा सशक्त गीतकार रहेको दाबी गरे । मौलिक सिंर्जना र नेपाली माटोप्रतिको प्रगाढ स्नेह उनको गीतमा भेट्न सकिने दाबी गरे ।

गीतकार संघ नेपालद्वारा आयोजित समारोहमा संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार योञ्जनद्वारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरूलाई निकै खुशी लागेको बताए ।

योञ्जनका हालसम्म आगमन, अविरल, अमर, मान्छेको भीडमा, आस्था खोजिरहेको छु, अनुराग गरी ६ वटा गीति संग्रह बजारमा आएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्