३१ असार २०८३, बुधबार
स्ल्याब भत्काउने विषयमा विवाद

महानगरको डोजरले कपन क्षेत्रमा तनाब, गगन थापाको मध्यस्थतामा बूढानीलकण्ठमा वार्ता

साउन २५, २०८०
काठमाडौं
महानगरको डोजरले कपन क्षेत्रमा तनाब, गगन थापाको मध्यस्थतामा बूढानीलकण्ठमा वार्ता

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको कपन खोलामा डोजर चलाउने विषयलाई लिएर विवाद भएको छ । बूढानीलकण्ठ तर्फका जनप्रतिनिधि र स्थानीयको विरोधपछि अहिले वार्ता शुरू भएको छ । 

काठमाडौं ४ का सांसद एवं कांग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा वार्ता चलिरहेको छ । यसअघि प्रहरी प्रभाग कपनमा भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन । 

वर्षातको समयमा बाढीले समस्या उत्पन्न गरेपछि काठमाडौं महानगरले खोला खन्न भन्दै बिहीवार बिहानदेखि डोजर परिचालन गरेको थियो । स्थानीयको विरोधपछि सम्भावित झडप रोक्न प्रहरीले डोजरको चाबी खोसेर लगेको छ । 

काठमाडौं महानगरको ६ र ७ तथा बूढानीलकण्ठको ९, १० र ११ वडाको सीमा रहेको खोला अतिक्रमण भएपछि हरेक वर्ष बाढीको समस्या आउने गरेको छ । खोला अतिक्रमण गरेर बाटो बनाइएको भन्दै महानगरले खोलामाथि राखिएको स्ल्याब भत्काउन लागेको हो ।

महानगरको टोली भने कुनै पनि हालतमा खोलामा डोजर चलाउने अडानमा छ । वार्तामा काठमाडौं महानगरका प्रतिनिधि सहभागी छन् । दलबलसहित महानगरको डोजर पुगेपछि सम्भावित झडप रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्