२१ असार २०८३, आइतबार

प्रधान सेनापति र इन्डोनेसियाका गैर आवासीय राजदूतबीच भेटवार्ता

साउन २५, २०८०
काठमाडौं
प्रधान सेनापति र इन्डोनेसियाका गैर आवासीय राजदूतबीच भेटवार्ता

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ।

बिहीवार प्रधान सेनापतिको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाको छ ।

कमेन्ट गर्नुहोस्