
आज (सोमवार) महाकाली नदीको जलसतह खतरा तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
भोलि (मंगलवार)देखि देशका प्रमुख नदीहरूमा जलसतह घट्ने महाशाखाको पूर्वानुमान छ । जलसतह घट्दो हुने भए पनि सतर्कता तहभन्दा केही तल मात्र हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।
आज पाँचथर, ईलाम, झापा, संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आज कोशी, नारायणी, कर्णाली, बबई र यसका सहायक नदीहरूको जलसतह केही घटबढ भए पनि सतर्कता तह आसपास रहने पूर्वानुमान छ ।