काठमाडौं, १ असोज– नेपालकी अल्ट्रा धाविका मिरा राई संयुक्त अधिराज्य बेलायतमा ‘वेन नेभिस अल्ट्रा’ दौडमा विजयी भएकी छन् ।
मिराले १५ घन्टा २७ मिनेट चार सेकेण्डमा निर्धारित दुरी पार गर्दै जीत हासिल गरेकी हुन् । समग्रमा भने मिराले पाचौं स्थान हासिल गरिन् ।
पुरुषतर्फ भने बेलायतकै डोनाल्ड काम्पबेल पहिलो भए । उनले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए ।
बेलायको दक्षिणी तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उचाईको पहाड मानिने नेसिभ पार गरी स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो ।
प्रतियोगितामा मिरा महिलातर्फ प्रथम भएकी हुन् । यससँगै उनले एक हजार युरो पुरस्कार समेत पाउने भएकी छन् ।
प्रतियोगितामा महिला र पुरुषतर्फ प्रथम हुने व्यक्तिका लागि एक हजार युरो पुरस्कारको व्यवस्था गरिएको थियो ।
पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।