चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
पर्याप्त तरलता र ऋणको माग न्यून भए पनि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् ।
१ भदौबाट ब्याजदर बढाएका कारण निक्षेप खोसाखोस हुन थालेको छ । बैंकहरूले ब्याजदरमा गरेको भद्र सहमति (मिलेमतो) तोड्दै भदौबाट आफूखुशी ब्याजदर बढाएका छन् ।
बढेको ब्याजदरका कारण कम ब्याज हुने बैंकबाट बढी हुनेतर्फ निक्षेप सर्न थालेको छ ।
कम ब्याज दिने बैंकमा राखिएको मुद्दती निक्षेप ‘रिन्यु’ गर्ने बेला अन्य बैंकमा सर्न थालेको छ । कम ब्याज दिने बैंकबाट धेरै ब्याज दिने बैंकमा निक्षेप सरिरहेको बैंकर्सहरूले जनाएका छन् ।
बैंकहरूको आ–आफ्नै दायित्व र नियम हुन्छ भने महिनैपिच्छे मुद्दती खाता पनि परिपक्व भइरहेका हुन्छन् ।
कम ब्याज दिनेबाट बढी दिनेमा निक्षेप सर्नुलाई स्वाभाविक मान्नुपर्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल पाण्डे बताउँछन् ।
खुला बजार अर्थतन्त्रमा चल्नुपर्ने भएकाले बैंकहरूले आ–आफ्नो आवश्यकताअनुसार ब्याजदर घटबढ गर्ने गरेको उनले बताए ।
निक्षेपको ब्याजदर अरू बैंकको तुलनामा प्रतिस्पर्धी नै भएकाले आफूहरूलाई कुनै समस्या नभएको उनको भनाइ छ । सानिमा बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तो ब्याजदर कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया, सिटिजन्स र नेपाल बैंकसँग समान छ । यी ६ वटा भदौका लागि सबैभन्दा बढी ब्याज दिने बैंक हुन् । यस्तो ब्याजदर न्यूनतम् ३ महिनाको मुद्दती निक्षेपका लागि हो ।
भदौमा सबैभन्दा कम ब्याज दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ, यसले ३ महिने निक्षेपमा ८.९२ प्रतिशत मात्र ब्याज दिएको छ ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, नेपाल एसबीआई र एनएमबी बैंकमा ९.९९ प्रतिशत ब्याजदर छ ।
बाँकी वाणिज्य बैंकहरूमा कृषि विकासको १०.५१, प्राइमको १०.५, नबिलको १०.४९, लक्ष्मी सनाराइजको १०.४, प्रभु र एभरेष्टको १०/१० प्रतिशत ब्याजदर तोकिएको छ । बैंकहरूले दिने यस्तो ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपमा बढी हुन्छ भने संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा कम हुन्छ ।
निक्षेपमा बढेको ब्याजका कारण ऋणीबाट पाउने ब्याज पनि बढ्ने गर्छ । बढी ब्याजदरमा निक्षेप लिने बैंकले बढीमै लगानी गर्नुपर्छ भने कम ब्याजदरमा निक्षेप लिनेले कममै लगानी गरिरहेका हुन्छन् ।
त्यसकारण बैंकहरूले निक्षेप र कर्जालाई ब्यालेन्स गर्न पनि कुनै महिना बढी त कुनै महिना घटी ब्याज तोक्नुलाई सामान्य मान्नुपर्ने बैंकरहरूको तर्क छ ।
अहिले बैंकहरूमा कर्जाको माग कम आएकाले निक्षेप परिचालन थोरै मात्र भइरहेको छ । बैंकमा माग गर्न आउनेले सहजै कर्जा पाइरहेको सानिमा बैंकका सीईओ पाण्डेले बताए ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले केही बैंकले ब्याजदर बढाउने र केहीले घटाउने गरी स्वाभाविक निर्णय गरेको बताए ।
अघिल्लो महिनासम्म बैंकहरूले गरेको मिलेमतो हटेपछि बैंक ब्याजदरमा हरेकले आ–आफ्नो क्षमता र योजनाअनुसार काम गरेको हुन सक्ने उनको भनाइ छ ।
‘कुनै बैंकले २/४ महिना बढी ब्याज दिएर लगानीयोग्य रकम तान्न सक्छ भने कुनैले भएकै रकम लगानी गरेर मात्रै थप बढाउने भन्ने पनि रणनीति लिएको हुन सक्छ,’ सहप्रवक्ता पोखरेलले भने ।
निक्षेपको ब्याजदर बढेपछि सोही अनुपातमा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ । केन्द्रीय बैंकले दिएको सीमाअनुसार जति बढी ब्याजदर लिए पनि ब्याजदर कोरिडोर भने ४ प्रतिशतको हाराहारीमै हुनुपर्छ ।
निक्षेपमा बढी ब्याज दिनेको कर्जा महंगो पर्छ भने कम ब्याजमा निक्षेप लिनेको कर्जा सस्तो पर्न जान्छ । समग्रमा ब्याजदर कोरिडोर अनुसार निक्षेप र कर्जाको ब्याजदर अन्तर ४ प्रतिशतभन्दा बढी हुँदैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंकहरूमा ५६ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तो निक्षेपबाट बैंकहरूले ४८ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल बैंकहरूको कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ८३.५७ प्रतिशत रहेको छ ।
निजी क्षेत्रले भने बैंकको ब्याजदर बढ्नुलाई सकारात्मक मानेको छैन । नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन नचाहेका कारण बैंकहरू केन्द्रीय बैंककै निर्देशनमा चलिरहेको नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले बताए ।
उनले भने ‘बैंकर्स संघकै सिन्डिकेटका कारण एउटै ब्याजदर लागू गर्ने गरेका छन् । अहिले पनि धेरैवटा बैंकको ब्याजदर एउटै छ । यसअघि बैंकर्स संघले हटाएको भनिएको सिन्डिकेटलाई अहिले पनि भित्री चलखेल गरेर लागू गराइरहेको देखिन्छ ।’
राम्रा र कमजोर दुवै बैंकको ब्याजदर समान हुनुले पनि चलखेल गरेको देखिने उनको तर्क छ । अग्रवालले यसरी बैंकहरूबीच लादिने मिलेमतोको सिस्टम नै खराब भएको तर्क समेत गरे ।
‘बैंकहरूमा अहिले पनि ४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम (तरलता) छ । तर, लगानी गर्न दिने विषयमा भने उही बैंकर्स संघ, राष्ट्र बैंककै सिन्डिकेट छ, किन त ?’ अग्रवालाले प्रश्न गरे ।
राष्ट्र बैंकले बेसरेटको सीमा तोकिदिनु, यतिको ल्याउनुपर्छ, उतिभित्र हुनुपर्छ भन्नु गलत भएको सीएनआईका अध्यक्ष अग्रवालको भनाइ छ ।
‘अब यो बेसरेट पनि खारेज हुनुपर्छ, क्षमता भएका र राम्रा बैंकले बढी ब्याज लिन सक्छन् भने क्षमता नहुनेले कम लिने अवस्था हुन दिनुपर्छ,’ अग्रवालले भने ।
बैंकहरूलाई क्षमताअनुसार ब्याजदर निर्धारण गर्न दिने हो भने ग्राहकले रोजेर बैंकमा जाने अवस्था आउने उनको भनाइ छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...