२१ असार २०८३, आइतबार

दोलखाको बिगुमा पहिरोले चार घरमा क्षति, सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या

भदौ १०, २०८०
दोलखा
दोलखाको बिगुमा पहिरोले चार घरमा क्षति, सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या
फाइल फोटो

दोलखाको बिगुमा पहिरोले चार वटा घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गए राति बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्‍याएको हो । 

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । 

पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्‍याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।  

इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्