२२ असार २०८३, सोमबार

सभापति निर्वाचित भएपछि रामहरि खतिवडाले भने– सुनकाण्डबारे अब राज्य व्यवस्थाले छलफल गर्छ

भदौ ११, २०८०
काठमाडौं
सभापति निर्वाचित भएपछि रामहरि खतिवडाले भने– सुनकाण्डबारे अब राज्य व्यवस्थाले छलफल गर्छ

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापतिमा रामहरि खतिवडाले सुनकाण्ड लगायतका सबै विषयमा छलफल गर्ने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको बैठकमा सभापति निर्वाचित भएपछि खतिवडाले सुन काण्डबारे समितिले छानविन गर्ने बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायत समितिको कार्यक्षेत्र पर्दछ ।

‘सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ, यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ,’ सभापति निर्वाचित भएपछि खतिवडाले भने । 

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले सोही अनुसारको कार्ययोजना बनाएर अघिबढ्ने समेत बताए । 

राज्य व्यवस्था सहिति प्रतिनिधिसभाका १० वटै समितिले आज सभापति पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्