२२ असार २०८३, सोमबार

डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

भदौ १२, २०८०
कञ्चनपुर
डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु

बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार धनगढीस्थित नोभा अस्पतालमा गएराति उपचारका क्रममा खत्रीको मृत्यु भएको हो ।

एक साताअघि भारतबाट घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए । 

डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्