
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा लागि नेपाल आइपुगेका छन् ।
उनी आज अपरान्ह कतारहुँदै काठमाडौं उत्रिएका हुन् ।
यही भदौ १३ (बुधवार) गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रम छ । जसमा सहभागी हुन एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख रहेका उनी नेपाल आएको बताइएको छ ।
बुधवार अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’मार्फत एमसीसी कार्यान्वयनको घोषणा गर्ने तयारी छ ।
‘एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ’ भन्ने सहमतिअनुसार यो परियोजना कार्यान्वयन समयमा एमसीसी परियोजना सम्पन्न गर्नुपर्ने छ । नभएको त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ सहमति छ ।
यता, नेपालमा भने एमसीसीलाई लिएर फेरि शंका उब्जिएका छन् । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)कै अध्यक्ष माधवकुमार नेपालले यो परियोजनामाथि आज शंका गरे ।
बुटवलमा आयोजित एक कार्यक्रममा उनले परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने स्पष्ट पारे ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले पनि बुटवलकै कार्यक्रममा आज एमसीसीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी एमसीसीकै अंग बनाएर आफूहरूले सदनबाट पारित गरेको बताउँदै १२ बुँदे व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए सडकमा जानसक्ने बताएका छन् ।