२५ असार २०८३, बिहीबार
असुरक्षित हवाई यात्रा

जनकपुर जाँदै गरेको बुद्ध एयरको जहाजमा समस्या, आधा बाटोबाटै काठमाडौं फर्कियो

भदौ १३, २०८०
काठमाडौं
जनकपुर जाँदै गरेको बुद्ध एयरको जहाजमा समस्या, आधा बाटोबाटै काठमाडौं फर्कियो
फाइल फोटो

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आउँदा बीचबाटोबाटै फर्काइएको छ ।

बिहान ९ बजे काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको एटीआर जहाजको अटो पाइलटिङमा समस्या आएपछि काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार उक्त जहाजका यात्रुलाई बुद्ध एयरले अर्को जहाजमा राखेर पुनः गन्तव्यतर्फ पठाइसकेको छ । समस्या देखिएको जहाजको निरीक्षण भइरहेको छ । 

बुद्ध एयरको सो जहाजमा सिराहाको सर्रे अम्बासमा बुधवार बस्ने पार्टी सचिवालय बैठकमा सहभागी हुन एमाले पदाधिकारीहरू समेत सवार थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्