२७ जेठ २०८३, बुधबार

आज संविधान दिवस

कात्तिक २०, २०७४
आज संविधान दिवस
काठमाडौँ, २ असोज — आज संविधान दिवस । नेपालको संविधान घोषणा भएको दुई वर्ष पूरा भएको अवसरमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।Sambhidhan-jari
उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक नियोगका प्रमुख, सांसदहरु, उद्योगी, व्यवसायी, यहाँस्थित कूट्नीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।

संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।
यसैबीच संविधान दिवसरको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विभिन्न दलका शीर्ष नेताले शुभकामना दिँदै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्