३० असार २०८३, मंगलबार

वीरगन्जको मतगणनामा ढिलाइ, सरकारी निकायबीच समन्वयको अभाव

कात्तिक २०, २०७४
वीरगन्जको मतगणनामा ढिलाइ, सरकारी निकायबीच समन्वयको अभाव
वीरगन्जको मतगणनास्थल, ठाकुरराम क्याम्पस
वीरगन्ज, ३ असार– स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत सोमबार मतदान भएको २ नम्बर प्रदेशको एकमात्रै महानगरपालिका वीरगन्जमा मतगणना शुरु गर्न ढिलाइ भएको छ ।

यसअघि मतदान सकिएलगत्तै (सोमवार राति) नै मतगणना शुरु गर्ने भनिएपछि राजनीतिक दल, स्थानीय प्रशान, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयबीच आपसी समझदारी जुट्न नसक्दा वीरगन्जको मतगणना शुरु हुन सकेको छैन ।

खास गरेर मतगणना स्थलको सुरक्षाका लागि स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यलयबीच समेत सहकार्य हुन सकेको छैन । यस्तै सो विषयमा दलहरुमा समेत विवाद रहेको जनाइएको छ ।

मतगणना शुरु गर्ने विषयमा मंगलवार विहान ६ बजे सर्वदलीय बैठक बोलाइए पनि अहिलेसम्म पनि बैठक बस्न सकेको छैन । मतगणनास्थलमा सुरक्षाका लागि सीसीटिभी राखिनुपर्ने, तारजालीको व्यवस्था गरिनुपर्ने लगायत माग गरिएपनि सोको व्यवस्थाका लागि निर्वाचन आयोग लगायत निकायले कुनै पहल नगरेको दलका नेताको भनाइ छ ।

स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसलाई मतगणनास्थल तोकिएको छ । मतगणनाबारे जानकारी लिन क्याम्पस परिसरमा सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्