
बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् ।
कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएका प्रहरीले जनाएको छ ।
आइतवार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा ३० वर्षको सजाय काटिरहेका थिए ।
विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।