०७ साउन २०८३, बिहीबार

नेप्से २९ अंकले घट्यो, अधिकांश कम्पनीले गुमाए​​

भदौ १७, २०८०
काठमाडौं
नेप्से २९ अंकले घट्यो, अधिकांश कम्पनीले गुमाए​​

शेयर बजारको मापक नेप्से सूचक २९.८१ अंकले घटेको छ । आइतवार शेयर बजार १.४९ प्रतिशतले घटेर १९६०.७८ विन्दुमा झरेको छ ।

बजार घटेका कारण कारोबार रकम पनि १ अर्ब १८ करोड रुपयाँमा सीमित भएको छ ।

बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य भने १० प्रतिशतले बढेको छ ।

बजार घटेका कारण नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये १९ वटाले मात्रै कमाएका छन् भने बाँकी सबै कम्पनीले गुमाएका छन् ।​​

आइतवार २ सय ७६ वटा कम्पनीको ४० लाख ५३ हजार कित्ता शेयरको ३७ हजार पटक कारोबार भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्