२२ असार २०८३, सोमबार

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश

भदौ १७, २०८०
काठमाडौं
पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न आदेश दिएको छ ।​​​

न्यायाधीशद्वय सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रवार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो ।

भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ तारेखमा पक्राउ गरी थुनामा राखेको थियो ।

अवैधानिक रुपमा ८ सय २३ दिन नेपाल बसेको भन्दै उनलाई अध्यागमन विभागले ७ लाख ८१ हजार ३ सय ८९ दशमलव १२ रुपैयाँ भिसा र विलम्ब शुल्क ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

उक्त रकम बुझाउन नसकेपछि उनलाई सात वर्ष कैद गर्ने गरी विभागले कारागार पठाएको थियो । 

आफूलाई थुनामुक्त गरी आफ्नो देश फिर्ता गर्न माग गर्दै हईले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले न्यायिक मूल्य र मान्यताको पालना नभएको उल्लेख गर्दै हईलाई थुनामुक्त गरी आफ्नै देश पठाउन सरकारका नाममा आदेश जारी गरेको हो । 

उक्त मुद्दामा अधिवक्ताद्वय विकास भट्टराई र मनिषकुमार श्रष्ठले बहस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्