३१ असार २०८३, बुधबार

चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते

भदौ १८, २०८०
अर्घाखाँची
चट्याङ लागेर एकको मृत्यु, चार गम्भीर घाइते

अर्घाखाँची मालारानीको गोखुङ्गामा आज परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । 

मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा दिउँसो अन्दाजी २ः५० बजे परेको चट्याङले स्थानीय २० वर्षका मिलन खनालको मृत्यु भएको हो । उपचारका लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा ल्याइएको र उपचारको क्रममा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । 

चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुन चार जनालाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको  स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्