२२ जेठ २०८३, शुक्रबार

डिशहोम फाइवरनेटको सेवा पोखराको पामेमा

भदौ २१, २०८०
काठमाडौं
डिशहोम फाइवरनेटको सेवा पोखराको पामेमा

पोखराको पामेमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ ।​

उपत्यकालगायत आसपासका जिल्लाहरूमा सेवा विस्तार गरिरहेको डिशहोमले आफ्नो सेवालाई  तीव्र गतिमा विस्तार गरिरहेको छ ।

सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधैं तत्पर रहेको कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टीभी प्याकेज छानी छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ । ​

पामेमा ग्राहकहरूले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सक्नेछन् ।

आगामी दिनमा डिशहोम फाइवरनेट नै पामेका ग्राहकहरूको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने कम्पनीले विश्वास लिएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरूका लागि नजिकैको डिलर दाइ अथवा ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्