२४ जेठ २०८३, आइतबार

धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल

भदौ २६, २०८०
विराटनगर
धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल

कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका तर्फबाट प्रवक्त तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बो (लिम्बू)द्वारा जारी विज्ञप्तिमा केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शृङ्खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।

विज्ञप्तिमा विगत केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट शृङ््खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि अपिल गरिएको छ । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    
विज्ञप्तिमा विषयको संवेदनशीलता र गाम्भीर्यतालाई ध्यानमा राखी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय सङ्घसंस्था, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न विज्ञप्तिमार्फत कोशी प्रदेश सरकारले हार्दिक अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्