०३ असार २०८३, बुधबार

क्यानडा र मलेसिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने २ जना पक्राउ

भदौ २६, २०८०
काठमाडौं
क्यानडा र मलेसिया पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) र झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौंको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार वाग्लेले खिमलाल बुढामगरसहित दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका थिए । 

साथै पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख पचासी हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्