२२ असार २०८३, सोमबार

नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनप्रति जनमत पार्टीद्वारा दुःख व्यक्त

जनमत पार्टीले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ । 

“संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएको हुँदा उहाँप्रति जनमत परिवार हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ । तथा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।” सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्