×

Dabur
MG

छाप्रोदेखि शुरू भई सुविधासम्पन्न बनेको पृथ्वीनारायण क्याम्पस

पाेखरा | भदौ २८, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौं वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र थिए । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल (अहिलेको राष्ट्रिय मावि) र सोल्जरबोर्ड हाइस्कूल (अहिलेको अमरसिंह मावि)बाट २०१७ सालमा म्याट्रिक पास गरेका विद्यार्थीहरूको पोखरामै क्याम्पस होओस् भन्ने चाहना थियो ।

yONNEX
Sagarmatha Cement

पास भएका विद्यार्थीहरू सबैको काठमाडौं वा बनारस गएर उच्च शिक्षा लिने क्षमता थिएन । सोही कारण पनि यहाँका शिक्षाप्रेमीहरूलाई पनि क्याम्पसको आवश्यकता महसुस भइसकेको थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

त्यो समयमा पोखरा नगरका अध्यक्ष थिए, शिवबहादुर थापा । तत्कालीन समयमको पश्चिम तीन नम्बरको बडाहाकिम नारायणप्रसाद शर्मा थिए । बडाहाकिम शर्माको निवासमा शिक्षाप्रेमीहरूको बैठक बस्यो । त्यो बैठकले बडाहाकिम शर्माको अध्यक्षतामा कलेज सञ्चालक समिति गठन गर्यो । सोही समितिले कलेज बनाउने काम अघि बढायो । 


Advertisment
Kumari
Saurya island
Pardeshi

उतिबेला कलेज स्थापना गर्न २५ हजार रुपैयाँ जोहो गरेर सरकारलाई बुझाउनुपर्थ्यो । पोखराका शिक्षाप्रेमीहरूले कलेज स्थापनापछि सो रकम सहयोग गर्ने सहमति भयो । त्यसपछि आवश्यक पर्यो, शिक्षक । यसमा नगर अध्यक्ष थापाका भाइ विमलबहादुर थापाले सघाए । आफूलाई काठमाडौंमा ट्युसन पढाउनुभएका भारत केरलाका जर्ज जोनलाई उनले पोखरामा खुल्ने कलेजको प्रिन्सिपल बनाउने प्रस्ताव गरे ।

Vianet communication
Laxmi Bank

विमलले नै पोखरामा कलेज खुल्दै गरेको अनि आफूलाई प्रिन्सिपल बनिदिन आग्रह गरेको जार्ज जोनले बताए । त्यसअघि नै पोखरा घुम्न सहयोग गरेका कारण जर्जले विमलको कुरा हार्न सक्नुभएन । अनि पोखरा आउने सहमति जनाए । 

सहमति भएको केही दिनपछि उनको हातमा पत्र पर्यो । पत्रमा लेखिएको थियो, “तपाईंलाई पृथ्वीनारायण इन्टर कलेज, पोखराको प्रिन्सिपल कम लेक्चर पदमा (६ महिनाको प्रशिक्षण कालमा) नियुक्त गरिएको छ । नियमानुसार कामकाज गर्नुहोला । हाललाई पोखरा आइपुग्नु हुुने निम्नाकिंत तलब भत्ता इत्यादि पाउनु हुनेछ ।” पत्रमा जोनलाई तीन सय ५० रुपैयाँको तलब तोकिएको थियो । जसमा मासिक तलब दुई सय ७५, मासिक भत्ता २५ र प्रिन्सिपल भत्ता पचास रुपैयाँ थियो ।

सो पत्रसँगै आफूलाई ९० रुपैयाँ पेस्की पनि पठाएको जोनले सम्झाए । त्यो समय काठमाडौंबाट पोखरा आउन बस चल्दैनथ्यो । हवाइजहाजको सहारा लिनुपर्थ्यो । पोखरासम्म आएको ६४ रुपैयाँ भाडा लाग्थ्यो । पेस्की रकम बुझेर उनी २०१७ भदौ १६ गते जहाजबाट पोखरा ओर्लिए। 

जर्जजोनका लागि पालिखे चोकस्थित खेमनारायण श्रेष्ठको घरमा कोठाको समेत व्यवस्था भइसकेको थियो । पोखरा आएको भोलिपल्टैदेखि उनले नदीपुरस्थित तत्कालीन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन शुरू गरे । त्यो दिन थियो, २०१७ साल भदौ १७ गते । यही दिनलाई पृथ्वीनारायण क्याम्पस (तत्कालीन पृथ्वीनारायण इन्टर कलेज) को स्थापना दिवसको रुपमा लिइन्छ । 

अंग्रेजी विषयमा दख्खल राख्ने जर्जजोनको भागमा अंग्रेजीसँगै राजनीति शास्त्र र अर्थशास्त्र पढाउने जिम्मामा पर्यो । नेपाली पढाउनका लागि देवीरमश शास्त्री शिक्षकका रुपमा आए । दुई जना शिक्षकबाट पढाइ शुरू भयो । 

त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरू पढ्ने स्कूलमा युवकहरू पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थालेको जर्जजोन स्मरण गर्छन्। तर, त्यो वेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन । त्यसैले पनि केही सहजता प्रदान गर्‍यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाउँ र नारायणस्थान गरी दुई ठाँउमा जग्गा हेरियो । दुई स्थानमध्ये नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ शुरू गरिएको उनले बताए। 

तत्कालीन नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका सूर्यप्रसाद उपाध्यायबाट विसं २०१७ मंसिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको नारायणस्थानमा नै उद्घाटन गरिएको थियो । विसं २०१८ मा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको जर्जजोन सम्झन्छन् । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । २०१८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगेका थिए । १६ जनाले परीक्षा दिएकामा १३ जना पास भएको उनले सम्झिए । 

नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाउँको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र जर्जजोनलगायतले भीमकालीन पाटन बगरमा जग्गा भेटे। त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरी छाप्रो बनाइयो । 

विसं २०१९ वैशाख १ गतेदेखि भीमकालीपाटनबाट पढाउन शुरू भयो । शुरूआतमा आर्टस् (मानविकी) मात्र पढाइ हुने क्याम्पसमा मानविकी हुँदै विज्ञान र कमर्स पनि जर्जजोनकै बलबुताले शुरू भएको थियो । नारायणस्थानबाट भीमकालीपाटन पुग्दा शिक्षक संख्या चार पुग्यो । त्यसक्रममा महेन्द्रसिंह थापा, शिवभुजन यादव, यज्ञप्रसाद शर्मा (देवीरमण शास्त्रीको स्थानमा) नयाँ शिक्षकका रुपमा थपिएका थिए ।

विसं २०२० मा राजा पोखरा घुम्न आएका समयमा पृथ्वीनारायण क्याम्पसको अवलोकनपछि भवन बनाउन एक लाख छुट्याएर अहिले आर्टस् भवन एकतले पक्की भवन बनाइएको थियो । त्यसपछि सरकारको आँखा पर्दै गएर ठूलाठूला भवन बनेको बताउँदै उनले “२०२४ सालमा दुई लाख सरकारले दिएपछि विज्ञान संकायको भवन पनि पक्की बनाएको हो,” उनले भने, “त्यसबीचमा अमेरिका पिसकोरका स्वयंसेवकमध्ये डोरथी मिरोको सहयोगमा सङ्ग्रहालय भवन बन्यो ।” 

त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैंले छाप्रो बनाएर पढाइ शुरू गरेको उनले सुनाए । विसं २०५२ मा उनी पृथ्वीनारायण क्याम्पसबाट बिदा भए। तर, अहिले पनि उनलाई क्याम्पसको औधी माया लाग्छ । 

जर्जजोनले २०३२ सालमा नेपाली नागरिकता लिएर स–परिवार पोखरामा बस्न थाले । उनी अहिले ९२ वर्ष लागे । “अहिले पनि बेलाबेलामा क्याम्पस पुगेकै हुन्छु,” उनी भन्छन्, “भीमकाली पाटन (अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँ) मा नयाँ भवन बने । तर त्यो चौरमा रहेका रुखहरू जुन विद्यार्थीहरूले एक–एक जनाले रोपेका हुन्, त्यो भने त्यस्तै छ ।” पृथ्वीनारायण इन्टर कलेज २०३० सालपछि पृथ्वीनारायण क्याम्पस बनेको थियो ।

जर्जजोनको अध्यापन क्षमता र पोखराका शिक्षाप्रेमीको मायाले स्थापना भएको क्याम्पस पश्चिम नेपालकै नमुना बनेको कवि तीर्थ श्रेष्ठ बताउँछन्। “पीएन क्याम्पस जनसहभागिता प्रशस्त जुटेको क्याम्पस हो,” उनले भने, “यो क्याम्पस बनेपछि अहिलेको गण्डकी प्रदेशसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुको केन्द्र बन्यो ।” योसँगै यही क्याम्पस स्थापनापछि पश्चिम नेपालमा अरू क्याम्पस स्थापनाका लागि प्रेरणाको स्रोत बनेको उनले बताए । यसमा भारत केरलाबाट आएका शिक्षाप्रेमी जर्जजोनको ठूलो योगदान रहेको उनको भनाइ छ । 

क्याम्पस स्थापनापछि यहाँ पढेका विद्यार्थीहरू देशको सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक, आर्थिकलगायत क्षेत्रमा अब्बल रहेको कवि श्रेष्ठ बताउँछन् । उनले भने, “पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुले राष्ट्रिय क्षेत्रमा योगदान दिनेहरूको लिस्ट तयार गर्ने हो भने अन्य शैक्षिक संस्थाहरु भन्दा बढी योगदान यो क्याम्पसले दिएको मान्न सक्छौं ।”

दुई जना शिक्षकले १३ जना विद्यार्थी लिएर शुरू गरेको क्याम्पस अहिले ६४ औं वार्षिकोत्सव बनाएको छ । अहिले क्याम्पसमा ११ हजार छ सय ८४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका सूचना अधिकारी मीनराज लम्सालले जानकारी दिए । सात सय १५ रोपनी १२ आना तीन पैसा एक दाम क्षेत्रफल जग्गामा ठूला भवन ४० वटा रहेको उनले बताए । 

मानविकी संकायबाट पढाइ शुरू भएको क्याम्पसमा चार वटा संकाय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले जानकारी दिए । क्याम्पस विश्वविद्यालयको बाटोमा रहेको कोइरालाले सुनाए । “हामी विश्वविद्यालय बनाउन तयार छौं । त्यो त सरकारले बनाइदिनुपर्ने कुरा भयो । हामीसँग पूर्वाधार तयारी अवस्थामा छ”, कोइरालाले भने ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...

असोज ७, २०८०

सरकारसँग ६ बुँदे सहमति गर्दै स्थायी शिक्षकहरू विद्यालय फर्किए पनि राजधानीका सडकमा अझै आन्दोलन चलिरहेको छ । राहत शिक्षक, बाल विकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालय कर्मचारी संघ र उच्च माध्यमिक तह शिक्षक सं...

असोज ५, २०८०

सरकार र राजधानीमा तीन दिन आन्दोलन गरेको शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । यससँगै अब आइतबारदेखि देशभरका सामुदायिक विद्यालयमा निर्वाधरुपमा पठनपाठन सुरु हुने अप...

असोज १२, २०८०

रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...

असोज ४, २०८०

सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुबीच वार्ता जारी रहेको छ । गृह मन्त्रालयमा  शिक्षकहरुको मागको विषयमा साँझदेखि वार्ता चलिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ...

असोज ५, २०८०

शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x