
काठमाडौं, ४ असोज – सीताराम कट्टेलको जन्मदिनको अवसर पारेर धुर्मुस–सुन्तली फाउन्डेसनले रौहतहटको सन्तपुरमा एकीकृत बस्ती निर्माण थालेका छन् ।
आज (बुधवार) बिहानै सन्तपुरमा एक कार्यक्रमको आयोजना गरी बस्ती निर्माणको शिलान्यास गरिएको हो । केही महिना तराईमा आएको विनाशकारी बाढीले प्रभावित उक्त क्षेत्रमा धुर्मुस–सुन्तली फाउण्डेसनले बस्ती निर्माण गर्न लागेको हो ।
पछिल्लो समय सामाजिक काममा सक्रिय धुर्मुस तराईमा आएको बाढीको प्रभावमा पनि तराईका विभिन्न स्थानमा पुगेर राहत वितरण गरेका थिए । बस्तीमा ४५ आवासीय घर, एउटा भ्यु टावर, एक सामुदायिक भवन, मन्दिर, सार्वजनिक धारा र शौचालयहरु बन्नेछन् । ‘हामी चुप लागेर बस्यौं भने अर्को वर्ष पनि क्षति हुन्छ, त्यसैले हामीले एकीकृत बस्ती निर्माण गर्न लागेका हौं ।’, कुञ्जनाले बताइन् ।
‘एकीकृत नमुना सन्तपुर बस्ती’ ५ करोड ७५ लाख बराबरको लगानीमा निर्माण हुन लागेको हो । बस्तीलाई आउँदो माघसम्म निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको बस्तीमा स्थानीय समुदाय र दुई नम्बर प्रदेशका होटल व्यवसायीको पनि सहकार्य रहनेछ ।
.jpg?1505885747931)