
मन्त्रिपरिषद्को आजको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो ।
मन्त्रिपरिषद्को आजकै बैठकले विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।