×

NMB BANK
NIC ASIA

कालीगण्डकी नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन्

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कालीगण्डकी नदीबाट अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरूपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए ।

Muktinath Bank

कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ । स्थानीयको प्रयासपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले ट्र्याक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै १० हजार लिएर ट्र्याक्टरलाई छोडिदिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गल्याङ नगरपालिका–११ का वडासदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताए । उनले अवैधरूपमा लोड गरी ल्याएका ढुङ्गा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताए । 'धेरैपटक म र प्रहरीसँगै घटनास्थलमा गएको छु तर प्रमाण पुष्टि हुन नसक्दा समात्न सकेनौँ,' उनले भने, 'यो पटक भने ढुङ्गासहितको ट्र्याक्टर समातेर प्रहरीको जिम्मा लगाउन सफल भयौँ ।' 


Advertisment
Nabil box
Kumari

वडासदस्य भट्टराईले कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाइएकाले चोरी निकासी हुनु राज्यविरुद्धको गतिविधि भएको दाबी गरे । उनले यस क्षेत्रमा यस्ता गतिविधि पटकपटक हुने गरेको भन्दै नगरपालिका चनाखो भएर अवैध गतिविधि रोक्न लाग्नुपर्नेमा जोड दिए । 

Vianet communication
Laxmi Bank

टेण्डर प्रक्रिया नगरी नगरपालिका र विभिन्न ठेकेदार तथा कम्पनीको मिलिमतोमा कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन, चोरी तथा निकासी हुने गरेको कतिपय स्थानीयको आरोप छ । उनीहरूले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्न ठूलै गिरोह सक्रिय रहेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नसमेत माग गरेका छन् ।

चोरी निकासीमा सक्रिय गिरोहले कालीगण्डकी नदीका ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री निकालेर विभिन्न स्थानका लागि बिक्री गर्ने गरिएको स्थानीयको आशङ्का छ । बर्खाको बेला कालीगण्डकी नदीको तटमा ढुङ्गा, गिट्टी र बालुवालगायत निर्माण सामग्री जम्मा हुने गर्दछ । चोरी निकासीमा सक्रिय गिरोहले प्रहरी–प्रशासनलाई छलेर बेलाबेला निर्माण सामग्री उत्खनन गरिरहेका हुन्छन् ।

राम्दी, परेवाकुना, ठूला ढुङ्गा, एक्किया, छर्ती, जिमुवा काप्चेघाट, हुँगीघाट, बेलचौर, बेल्चौर जामुने, निमाघाट गल्याङ नगरपालिकास्थित कालीगण्डकी नदीका प्रमुख ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री जम्मा हुने स्थल हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पावलसिंह लामाले १० दिनयता जिल्ला कारागार नजिकै आँधीखोलाबाट अवैधरुपमा लोड गरी ल्याएको ३० बोरा बालुवासहितको बलेरो जिप र पुतलीबजार नजिकै चिहान घाटबाट समेत त्रिपालले ढाकेर बालुवा ल्याउँदै गरेको अवस्थामा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको बताए ।

'अवैध चोरी निकासी नियन्त्रण गर्न साँझपख मोबाइल गाडी खटाएका छौँ,' सूचना अधिकारी लामाले भने, 'व्यावसायी, ठेकेदार तथा उपभोक्तालाई स्टक प्रमाणित भएका स्थानबाट मात्र ढुङ्गा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री खरिद बिक्री गर्न आग्रह छ, कोही कसैले अटेर गरी अवैध गतिविधि गरेमा कारबाही गरिने छ ।' 

गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री अवैधरुपमा चोरी निकासी गरेको भेटिएका सबैलाई बिनापूर्वाग्रह कारबाही गरिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x