०१ साउन २०८३, शुक्रबार

आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक

असोज ३, २०८०
काठमाडौं
आईएमईको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक

आईएमईले ‘आईएमई गरौं, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।

विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्समार्फत पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले योजना सार्वजनिक गरिएको आईएमईले जनाएको छ ।

सार्वजनिक योजनाअनुसार आईएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् ।

यसै गरी दशैं, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने आईएमईले जनाएको छ ।

आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् ।

यो योजना २०८० असोज २ गतेदेखि २०८१ भदौ मसान्तसम्म लागू हुने छ । ​

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । 

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्