३० असार २०८३, मंगलबार

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् – गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य हुँदैन

असोज ४, २०८०
म्याग्दी
गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन् – गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य हुँदैन

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । 

म्याग्दीको बेनीमा आजदेखि शुरू भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्‌घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताए ।

“आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र सङ्घीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “गल्ती गर्ने जो-कोहिले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।” 

दुई सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र एक सय चार वर्षे राणा शासनको इतिहास अध्ययन गर्न उनको अनुरोध छ । संविधान र सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्